जसिता हिस्स भएकी हुन् त ?

अभिनेत्री जसिता गुरुङका लागि फिल्मको अफर कम छैन । उनलाई फिल्म खेलाउन मन गर्ने निर्माता पनि छन् । तर, फिल्म खेल्नका लागि सबै कुरा मिल्न पर्छ ।

लिलिबिली र लभ स्टेशन अभिनेता प्रदिप खड्कासँग गरेकी जसिता अब हिरो फेर्ने मुडमा छिन् । तर, जसितालाई अझै के काम गर्ने फाइनल गर्न भने समस्या उस्तै छ ।

जसितालाई लिएर निर्देशक रेनशा वान्तवा राइले फिल्म बनाउने कुरा पनि लामै भयो । जसिता फाइनल गर्न डराएकी हुन् कि के हो, कुरो मिलेको छैन ।

उनले निर्देशक अशोक शर्माले बनाउने फिल्म रातो टिका निधारमा खेल्ने मन गरिन् । जसिताले १० लाख मागिन्, अशोक ८ लाख दिन्छु भनेर बसे । तर, लक नलागेपछि के हुन्छ र ?

जसिताको भाग अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले चिप्ल्याइदिइन् । फिल्ममा साम्राज्ञीलाई फाइनल गरिएको छ । जसिताले १० लाख माग्दा नदिएका अशोकले साम्राज्ञीलाई १५ लाख भन्दा बढी दिएका छन् ।

अब, जसिता हिस्स नभएर को हुने ? फिल्म खेल्न सबै कुरा मिल्नपर्छ यसै भनिएको होइन नी ?