रेड कार्पेटमा नीताको हट बन्ने रहर

नेपाली फिल्म ए मेरो हजुर ३ को प्रिमियरमा अभिनेत्री नीता ढुंगानाको ड्रेसले फोटोग्राफरलाई क्लिक गरायो ।

फिल्मको रेड कार्पेटमा अभिनेत्रीहरु कम पुगेका थिए । नीता ढुंगानालाई पनि हट बन्ने रहर पलायो । उनी रातो गाउनमा पुगिन् ।

रातो गाउनमा उनको ड्रेसले राजधानीमा गर्मी लागेको संकेत गरेको थियो । अभिनेत्री ढुंगानालाई हट बनेर मात्र बस्ने रहर लागेन । फिल्मकी निर्देशक झरना थापासँग गालामा गाला जोड्दै चुम्बन गर्न पनि उनी पछि परिनन् ।

अभिनेत्री ढुंगानाले रातो टिका निधारमा फिल्ममा संझौता गरेकी छिन् । नीताको अनुहारमा देखिएको खुशीले पनि उनी बीग ब्यानरको फिल्ममा जोडिएको कुरालाई संकेत गरेको थियो । बरु फिल्मकी हिरोइन सुहाना थापाको ड्रेसले माहोल त्यती जमाएन । तर, उनको अभिनयले भने दर्शकको मन पगाल्यो । तर, हिरोइनमा ड्रेसअपको कुरामा त नीताले नै माहोल तताएकी थिइन् ।

अरुको फिल्मको प्रिमियरमा यती हट बनेर पुगेकी नीतालाई आफ्नै फिल्मको प्रिमियरमा झन् कस्तो देखिने हो कुन्नी ?