जहाँ सौगात, त्यहाँ श्रृष्टी

अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टी श्रेष्ठ प्रेममा छन् । प्रेमले के के गर्दैन ? अलग हुन मन लाग्दैन, एउटै फिल्ममा मात्र खेल्न मन लाग्छ । टाढा हुन मन लाग्दैन । प्रेमको नियम पनि रमाइलो छ ।

प्रेममा रहेपछि एउटाले अर्काको करिअर बचाउने कोशिश पनि गर्छन् । अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्की जोडी हुदा पनि यो देखिएको थियो । अहिले प्रियंका र अभिनेता आयुष्मा देशराज जोशी प्रेममा रहँदा पनि यो देखिएको छ ।

अब, यस्तै अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टी श्रेष्ठमा पनि देखिएको छ । यो जोडीले फिल्म मासु भातमा काम गरिरहेको छ । मासु भातमा सौगात र श्रृष्टी हुनु संयोग मात्र होइन । जसलाई पहिले अफर आयो उसले अर्को पनि हुनुपर्छ भनेर भनेको हो ।

सौगात मल्ल पोई पर्यो कालेमा काम गर्दैछन् । ‘पोई पर्यो काले’ मा सौगातले खेल्ने भनेर कागज गरिसकेपछि एउटा भूमिकाका लागि श्रृष्टीको नाम पनि अघि आएको हो ।

श्रृष्टीलाई खेलाउन सौगातले पनि फिल्मको टिमलाई आग्रह गरेका छन् । श्रृष्टी विना सौगातलाई पनि काम गर्न मन नलाग्ने रहेछ ।

सौगात र श्रृष्टीको ‘माया त माया हो’ नै देखिन्छ । माया होस् त यस्तो ।