निकितालाई फर्साद

रानी महल फिल्म गर्दा गर्दै नबनेपछि पूर्व मिस नेपाल निकिता चण्डकलाई टेन्सन, पीडा सबै भयो । अभिनेत्री बन्न पक्का भएको फिल्म छाड्नुपर्दा पीडा हुन्छ । रानी महल फिल्ममा उनले २० प्रतिशत काम त गरिसकेकी थिइन् । तर, काम गर्दा गर्दै निर्माता र प्रोडक्शन कन्ट्रोलरविच लफडा भएपछि फिल्म नै बनेन । फिल्म नबनेपछि निकिताले पनि फिल्म छाडिन् ।

निकितालाई अभिनेता विराज भट्टले खुशी दिए । विराजले बनाउन लागेको फिल्म साङ्लोमा उनी अनुवन्धित भए । निकितालाई प्रोडक्शन डिजाइनर शंकर पाण्डेले अनुवन्धित गरेका थिए ।

तर, विराज र शंकरकै झगडा पर्यो । विराज र शंकरकै हात हालाहाल भयो । दुइजनाको हात हालाहाल भएपछि फिल्म फेरि संकटमा फसेको छ ।

विराजका अनुसार यो फिल्म त बन्छ । तर, साङ्लो फिल्ममा उत्पन्न भएको झगडाले निकितालाई तनाव दिएको छ ।

किनकी, निकिता जुन फिल्ममा जोडिन्छिन् त्यसमा लफडा हुन्छ । साङ्लो पनि बनेन भने निकिता फिल्म खेल्ने योजना नै विथोलिन सक्छ । फिल्म रिलिज नहुँदै निकितालाई अनलक्कीको ट्याग लाग्न थालेको छ ।