के सुहानाका कारण अनमोलले आफ्नो स्टाइल बदल्छन् ?

सातौ फिल्म ए मेरो हजुर ३ पछि अभिनेता अनमोल केसीको माग फिल्ममा बढेको छ । अनमोलले अभिनय गरेका अघिल्ला छ वटा फिल्म भन्दा धेरै नै बढी कमाई ए मेरो हजुर ३ ले गरेपछि अभिनेता अनमोल केसीको माग बढेको हो ।

अभिनेता अनमोल केसीलाई फिल्ममा लिएर काम गर्न चाहनेहरु पनि बढेका छन् । अभिनेता केसीलाई फिल्ममा काम गराउन सजिलो छैन ।

सातौ फिल्म ए मेरो हजुर ३ मा खेल्दा पनि अभिनेता अनमोल केसीले स्टाइल बदलेका छैनन् । अभिनेता अनमोल केसीले सातौ फिल्ममा पनि डेब्यू अभिनेत्रीसँग काम गरेका छन् । होस्टेल फिल्म हुँदै ए मेरो हजुर ३ मा काम गर्दा अनमोलले आफूले काम गरिसकेको अभिनेत्रीसँग फिल्ममा काम गरेका छैनन् । तर, ए मेरो हजुर ३ मा अभिनेत्री सुहाना थापासँग काम गरेका अभिनेता अनमोल केसीले सुहानासँग फेरि पनि काम गर्ने हल्ला सुरु भयो ।

निर्देशक झरना थापाले भागवत गीतामा अनमोल र सुहानाकै जोडी हुने संकेत गरेकी छन् । भागवत गीता झरनाले बनाउन लागेको नयाँ फिल्म हो ।

झरनाको आग्रहलाई अनमोलले अस्विकार गरेका छैनन्, स्विकार पनि गरेका छैनन् । अनमोलले सुहानासँग रिपिट काम गरे भने उनले आफ्नो स्टाइल बदल्नेछन् ।