केकीले स्विकारिन्, प्रदिपले कहिले ?

गएको बर्ष रिलिजमा आएको कोहलपुर एक्सप्रेस कपीड फिल्म हो, गलत काम गरेँ भनेर भन्नका लागि केकी अधिकारीले एक बर्ष लगाइन् ।

केकी अधिकारीले फिल्म चोरिएको बताउन एक बर्ष लगाउनुको कारण विदेशमा फिल्म रिलिज हुन नपाउँला भनेर पनि हो । केकी विदेशबाट लगानी सुरक्षित हुन आवश्यक रहेको सोचिरहेकी थिइन् ।

केकी अधिकारीले फिल्म कपिड हो भनेर एक बर्ष स्विकार गरिन् । यसका लागि उनलाई ठूलो ब्यानरको फिल्म छ माया छपक्कैको स्टेज चाहियो ।

अभिनेता प्रदिप खड्काले खेलेको लभ स्टेशन कोहलपुर एक्सप्रेस भन्दा बढी कपिड हो । यो खबर फिल्म रिलिज भएको दिनदेखि नै आइरहेको छ ।

प्रदिप खड्काले फिल्म कपिड भएको स्विकार गरेका छैनन् । उनले समिक्षकले आफ्नो खेदो खनेको भनेर असन्तुष्टी देखाएका पनि छन् । उनले फिल्मको समिक्षा गर्नका लागि समिक्षकले एक साता कुर्नुपर्छ पनि भनेका छन् ।

प्रदिप खड्कालाई मनमा त लागेको होला, मैले पनि कपिड फिल्ममा खेलेको थिएँ । तर, उनले यो कुरा स्विकार गर्न कहिलेको मिति हेरेका होलान् । इमान्दार भएर कपिड हो भनेर भनिदिएको भए हुन्थ्यो, उनको नाम चर्चामै हुन्थ्यो ।

केकीले ठूलो फिल्म छ माया छपक्कै फिल्म नै कुर्नुपर्ने अवस्था आयो । प्रदिपले पनि लभ स्टेशन कपिड हो भन्न प्रेमगीत ३ कै कार्यक्रम कुर्छन् कि ?