मरिष्काको सेलिव्रेशन

मनमा नै लाग्ने गरी खबर आउँदा अभिनेत्री मरिष्का पोखरेल रियाक्ट गर्छिन् । उनको सफलता र असफलताको बारेमा खबर आइरहेका छन् ।

मरिष्का पोखरेललाई लोकगीत फापेको छ । सालको पात टपरी बोलको गीतमा नाचेपछि उनलाई फिल्मकी अभिनेत्री भन्दा मोडल भनेर चिन्ने जमात बढ्यो ।

मरिष्का आफ्नो सफलताको सेलिव्रेशन कसरी गर्छिन् होला ? के उनलाई खबरमा सेलिव्रेशन गर्न मन लाग्छ कि आफैमा ?

अभिनेत्री मरिष्का पोखरेल आफ्नो सेलिव्रेशन आफै भित्र गर्ने बताउँछिन् । अरुले हिट भनिदिए पनि फ्लप नै भनिदिएपनि मरिष्कालाई समस्या भएन । उनी, आफ्नो सफलता र असफलताको सेलिव्रेशन आफै भित्र रमाइरहेकी छिन् ।

मरिष्काले खेलेका फिल्मले व्यापार गर्न सकेनन् । राम्रो भूमिका भनेर मरिष्काले छानेका फिल्मले पनि उनर्लाइ सफलता दिएनन् । मरिष्का यसबाट विचलित नभएको सन्देश दिन्छिन् ।

आफ्नो सेलिव्रेशन आफै भित्र गर्ने उनको कुराले पनि यो कुरा देखाएको हो । तर, कहिलेकाही सेलिव्रेशन अरुसँग गर्दा पनि मन हलुंगो हुन्छ मरिष्का जी ।