रेजिनालाई त्यो दिन फर्काउने मोह

अभिनेत्री रेजिना उप्रेतीको दशकको क्रेज बिहेपछि छैन । बिहे गरेपछि रेजिनाले छोरी हुर्काउन नै समय दिइन् । रेजिनालाई नेपाली फिल्ममा दर्शकले संझिन्छन् । रेजिनाले अब संझनाको गुन तिर्नपर्छ ।

रेजिना उप्रेतीलाई अहिले निमन्त्रणा गरिएका फिल्मका कार्यक्रममा देख्न पाइएको छ । रेजिनामा आएको परिवर्तनले उनी छोरीकी आमा हुन् जस्तो पनि लाग्दैन । उनले गरेको शरीरको तन्दुरुस्ततालाई मान्न पर्छ ।

रेजिना आफूलाई पनि कहिलेकाही आफू छोरीकी आमा हुँ जस्तो नलाग्ने रहेछ । रेजिना मैले छोरी पाएकी छु र भन्ने विर्सिन्छिन् र एकछिनमा संझिएर छोरीलाई फोन लगाउँछिन् ।

रेजिना उप्रेतीलाई आफूले गरेको शरीरको मेन्टेनले यस्तो लागेको होला । अभिनेत्रीले यो कुरामा सोच्न पनि पर्छ ।

रेजिनाको फेसन हेर्दा उनी पुरानो जमानालाई फर्काउन चाहन्छिन् । तर, कसरी ? अब आफै फेरि फिल्म बनाएर अभिनेत्री बन्ने पो हो कि ? रेजिनाले अब सोच्दा हुन्छ है । कति कार्यक्रममा पुगेर मात्र फोटो खिचाउने । अब अभिनेत्री बनेरै फिल्ममा आउने नी ।