प्रियंकाको आफैलाई विस

क्याप्टेन फिल्मकी हिरोइन प्रियंका एमभीलाई दोश्रो फिल्मबाट प्रस्ताव आएको छैन । क्याप्टेनमा प्रियंकाको कामको मुक्तकण्ठले प्रशंसा भयो ।

तर, उपासना सिंह ठकुरीले बढी स्पेश पाएका कारण प्रियंकालाई मिल्नुपर्ने जती फाइदा पनि मिलेन ।

प्रियंका एमभीको बुधबार जन्मदिन हो । तर, प्रियंकाले भने आफूले नै आफूलाई विस गरेकी छिन् । २४ बर्षमा लागेको भनेर उनले विस गरिन् ।

प्रियंका हिरोइन भैसकेपछि पनि उनलाई विस गर्नेहरुको संख्या कम भयो । आजै जन्मदिन परेकी अर्की अभिनेत्री सुहाना थापालाई शुभकामनाको ओइरो लागेको बेलामा प्रियंकालाई संचारमाध्यमले पनि संझिएनन्, फिल्मका मानिसले पनि संझिएनन् ।

प्रियंकाले मेरो पनि जन्मदिन हो भनेर आफूले नै विस गरेकी छिन् । नेपाली फिल्ममा संभावना बोकेकी छिन्  प्रियंका । २४ बर्षमा लागेकी प्रियंकालाई जन्मदिनको लाखौ वधाई ।