निर्माता मौन, उत्साहित प्रदिप

प्रदिप खड्कालाई २ वटा फिल्म नचलेर झट्का लागिसकेको छ । प्रदिपले २ वटा फिल्म रोज र लभ स्टेशनको समयमा गरेको हेलचक्राई अहिले फिल गर्दै छन् कि छैनन् ?

तर, प्रदिपको गम्भिरता हेर्दा उनी फिल गर्दैछन् । प्रदिप खड्काले काम गर्ने नयाँ फिल्म भनेर सबैलाई प्रेमगीत ३ नै लाग्छ । तर, प्रेमगीत ३ का निर्माता र निर्देशक सन्तोष सेनले भने प्रदिपलाई हिरो भनेर सार्वजनिक गरेका छैनन् ।

अभिनेत्रीका लागि गरिएको अडिसनले पनि अभिनेता प्रदिप खड्का नै हुन् भनेर भन्न सकिएको हो । अभिनेता प्रदिप खड्का प्रेमगीत ३ मा काम गर्दा उत्साहित छन् । उनले आफ्नो नयाँ रिलिज हुने फिल्म भनेर पनि लेखिरहेका छन् ।

निर्माता सन्तोष सेन भने अहिले नै अभिनेताको बारेमा बताउने मुडमा छैनन् । अभिनेत्रीको अडिसन सकिएर छनोट भएपछि नै अभिनेता पनि घोषणा गर्ने योजना यसका निर्माताको होला ।

तर, निर्माताले हिरो अझै फाइनल भएका छैनन् भन्दै गर्दा प्रदिपको उत्साह पनि फिल्म रिलिज हुने थोरै मिति मात्र बाँकी छ जस्तो देखिन्छ ।

प्रदिपलाई यो फिल्म रिलिज हुँदा फाइदै फाइदा छ । २ वटा फिल्म नचलेपछि पेलिएको करिअर उठ्ला भन्ने पनि छ । यसैले उनी निर्माताले घोषणा नगरेपनि आफै प्रेमगीत ३ को हिरो आफै हुँ भनेर घुमाउरो तरिकाले घोषणा गरिरहेका छन् ।