प्रियंकाको विकिनी पार्टीमा आयुष्मानको लेन्स

गर्मीले पाइला टेकेपछि नेपाली फिल्ममा काम गर्ने अभिनेत्रीलाई स्विमिङ पूलबाट बाहिर निस्कनै मन लाग्दैन । स्विमिङमा पूलमा स्विमिङ कस्ट्यूम लगाएर पौडिएका फोटो मै उनीहरु दंग ।

प्रियंका कार्कीका लागि यो त नियमित काम भएको छ । गर्मी लाग्यो कि, चटक चटकका तस्बिर स्विमिङ पूलबाट आउन थाल्छन् । प्रियंकाको स्विमिङ पूलमा रमाउने चाहना बढ्छ कि फोटो राखेर इन्स्टाग्राम तताउने मोह बढ्छ ।

एक डिजाइनरको एनिभर्सरी मनाउन प्रियंका साथीहरुको साथ लागेर रुपाकोट रिसोर्टमा पुगेकी थिइन् । उनको तस्बिरले पनि रुपाकोटमा भएको रमाइलो बताइरहेको हुन्छ ।

अभिनेत्री कार्कीले रुपाकोटको रिसोर्टमा खिचेको स्विमिङको फोटोले उनको विन्दास पारा देखिएको पनि छ । तर, प्रियंकाका तस्बिर लिने व्यक्ति, उनका प्रेमी आयुष्मान देशराज जोशी हुन् । मोडल आस्था पोखरेल ले फोटो आयुष्मान लिएको भनेर लेखेकी पनि छन् । प्रियंका फिल्ममा काम भएपनि नभएपनि चटपटमा रमाउन चाहन्छिन् । गर्मी लागेपछि त उनको चटपट झनै पिरो हुन थाल्छ ।