एलिजाजी अलि बढी सोच्ने कि ?

ऋषि धमला पत्नी एलिजा गौतमले आफ्नै लगानीमा फिल्म बनाइन् र नायिका पनि बनिन् ।   तर फिल्मे पानी सम्म भन्न पाएन ।  फिल्म चलाउनकै लागि धमलाले विभिन्न नेतालाई हल सम्म पुर्याए ।  आफ्नै श्रीमतीलाई फिल्ममा अभिनय गरेझै अन्तर्वार्तामा पनि बोलाए ।  तर अह उनीहरुको केहि लागेन ।

अधिकाम्स अन्तर्वार्ता र कुराकानीमा एलिजाले को एक्टर समुन्द्रलाई लिएर गल्ति गरेको किसिमको अभिव्यक्ति दिन्थिन् ।   यती मात्र नभएर उनी हिरोलाइ खासै केहि थाहा नभएको भन्दै आफुलाई सर्वेसर्वा बनाउने प्रयास गर्थिन् ।  उनी आफुलाइ नवनायिकाको ठाउमा ‘सफल नायिका’ भन्ने गर्थिन् ।

उनको यो बाठो बन्न पर्ने बानीले फसाएको छ ।  नेपालको पूर्वी क्षेत्रको भ्रमणमा रहेकी उनले ठाउको बिषयमा लेख्दा जिल्ला नै अर्कै बनाइदिईन् ।  उनले फिदिम ताप्लेजुङ लेखेकी छन् ।   जबकी फिदिम पाचथर जिल्लाको सदरमुकाम र ताप्लेजुंग छुट्टै जिल्ला हो ।  एलिजा जी कम्तिमा आफ्नो देशको बिषयमा त गलत नाबोल्नुस् ।