केकीको बिहे कहिले हुन्छ ?

अभिनेत्री केकी अधिकारीलाई बिहे कहिले होला भनेर प्रश्न सोध्न सकिन्छ । अविवाहित छिन् केकी, बिहे गर्ने उमेर पनि भयो होला ।

केकी अधिकारी सिंगल छिन् कि डबल । उनी गायक आर्जन पाण्डेसँग प्रेममा छिन् भनेर सुनिन्छ । आर्जन र केकी मौन छन् ।

केकी अधिकारीको बिहेको चासो उनको घरपरिवारलाई कम होला, दर्शकलाई बढी छ । संचारमाध्यममा त खबरका लागि चासो हुने भयो ।

केकी अधिकारीको बिहे कहिले हुन्छ होला ? केकी अधिकारीलाई फ्यानले प्रश्न सोधेका छन् । इन्स्टामा केकीलाई फ्यानले सोधेको प्रश्नमा केकीको जवाफ रमाइलो आएको छ । जोरपाटीमा बस्दै आएकी केकी अधिकारीले आफ्नो बिहे घर अगाडीको बाटो बनेपछि हुन्छ भनेर फ्यानलाई जवाफ दिएकी छिन् ।

केकी अधिकारीको बिहेका लागि घरको बाटो बन्न पर्यो । केकीको घर अघिको बाटो कहिले बन्ला ? उनको बिहे खान कहिले पाइएला । फ्यानले यो सोच्ने कि । कुनै मन पराएको मान्छेले घर अघिको बाटो बनाउन पहल गरिदिए हुन्छ । केकीको बिहे चाडै हुन्छ ।