करिश्माले पार्टीमा पाइनन् आत्मसम्मान

करिश्मा मानन्धरले बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टीमा नजाने निर्णय लिइसकेकी छिन् । करिश्मालाई नयाँ शक्ति पार्टीले देश बनाउछ भन्ने लाग्थ्यो । बाबुराम भट्टराइले उपेन्द्र यादवसँग मिलेर नयाँ पार्टी बनाएपछि उनी त्यसमा जान चाहेकी छैनन् ।

करिश्माले पार्टी छाड्नुको कारण धेरै दिएकी छिन् । उनले राजनीति गर्न गाह्रो भएको बताइन् । उनले, पार्टीमा लाग्नै पर्छ भन्ने नभएको पनि बताइन् ।

करिश्माले पार्टीमा आफ्नो कुरा राख्न पद चाहिने पनि बताइन् । तर, करिश्माले जति कारण दिएकी छिन्, त्यसमा आत्मसम्मानको कुरा पनि छ ।

करिश्माको स्टाटसमा उनले आत्मसम्मान मानिसको ठूलो खजना भएको भनेर पुस्तक साभार लेखेको पाइन्छ । तर, यो उनको राजनीतिप्रतिको नै स्टाटस हो ।

करिश्माले पार्टीमा लाग्दा आत्मसम्मान नपाएको स्पष्ट होला । उनले अध्ययनमा लाग्न प्रेरणा पाउनको मुख्य कदम पनि नपढी पार्टीमा केही गर्न सकिने रहनेछ भनेर हो ।

करिश्माले अब राजनीतिमा नलागी कलाकारितामा नै पाएको आत्मसम्मानलाई बचाए राम्रो हुन्थ्यो कि ?