फेसनमै मख्ख अदिती

कृमा काम गरेकी अभिनेत्री अदिती वुढाथोकीलाई नेपाली फिल्ममा फेरि फेरि हेर्न चाहने दर्शक छन् । दर्शकले अदिती वुढाथोकीलाई अनमोल केसीसँग फिल्म कृमा हेरेका थिए । अदितीले कृ पछि फिल्म दुनियाँमा आगो लगाउँछिन् भनेर सोचिएको हो ।

अदिती नेपालमा कम, मुम्बइमा बढी बस्छिन् । मुम्बइमा बसेकी अदिती त्यही नै रमाएकी छिन् । अदिती वुढाथोकीलाई मुम्बइमा फिल्ममा दर्शकले हेर्न पाएका छैनन् । अदितीलाई इन्स्टाग्राममा धेरै हेर्न पाइन्छ ।

अदिती वुढाथोकी इन्स्टाग्राममा फेसनकी रानी बनेकी छिन् । कुनै कुनै ब्रान्डलाई प्रचार गरिदिने अदिती अधिकांश समय आफ्नो फोटो हालेर बसेकी छिन् ।

अदितीलाई हेल्लो जिन्दगी फिल्म खेल्न लागेकी छिन् भनेर अनलाइनमा खबर आएका थिए । तर, अदितीले कृपछि दोश्रो फिल्म खेलेकी छैनन् ।

अदितीको पोष्ट, फोटो हेर्दा उनी फेसनमा रमाइरहेकी छिन् भनेर उनका फ्यान भन्छन् । अदितीको फेसन अरुले पछ्याउने जस्तै छ । तर, अब फिल्म पनि खेल्न पर्छ । फेरि, कृ की हिरोइन भनेर दर्शकले सधै संझिराख्दैनन् ।