साम्राज्ञी सानैदेखि मोडल

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आधा दर्जन फिल्म खेलिन्, तर उनले पाएको नाम सबैका लागि प्रेरणा हो ।

नेपाली फिल्ममा अभिनय कम, हल्ला धेरै गरेर बसेका केही अभिनेत्रीलाई उनको आगमनले झट्का लागेको छ । साम्राज्ञी महंगी अभिनेत्री बनिन् ।

साम्राज्ञीको चर्चा सुन्दरताले पनि भएको छ । साम्राज्ञी सुन्दर छिन् । तर, साम्राज्ञीको बारेमा ड्रिम्सपछि मात्र मान्छेलाइ थाहा भयो ।

साम्राज्ञीलाई बच्चैदेखि मोडलिङमा रुची रहेछ । साम्राज्ञीलाई विगत याद आइरहेको छ । उनी विगतमा फर्किदैछिन् ।

साम्राज्ञीले इन्स्टाग्राममा बच्चाका फोटो राखेर आफू त सानैदेखि मोडल भनेर लेखेकी छिन् । सानैदेखि मोडल भएपनि साम्राज्ञीले ड्रिम्सपछि मात्र त हो, आफ्नो शक्ति देखाएको ।

साम्राज्ञीलाई नेपाली फिल्ममा लिन पैसा लगानी गर्न हानथाप छ । उनको प्रतिभा ड्रिम्सभन्दा अघि कसैले नवुझेका रहेछन् क्यारे ।