वितरकको हिन्दी माया

ए मेरो हजुर ३ आफैले रिलिज गरेको फिल्मलाई ५ दिनसम्म चलाएर त्यसपछि हिन्दी फिल्म कलंकको पनि इनिसियल खाने मोहमा थिए, वितरक मनोज राठी । मनोज राठीलाई आफ्नै फिल्ममाथि अर्को फिल्म ल्याएर जुधाइदिन माहिर वितरक मानिएको छ ।

कृ फिल्म आफैले वितरण गर्दा उनले बिहिबार बेलुकी ४ बजे प्याडम्यान हिन्दी फिल्म ल्याएर जुधाइदिएका  थिए । एउटा फिल्म रिलिज भैराख्दा अर्को पनि ल्याएर डबल कमाई गर्ने लोभ वितरकमा हुन्छ । यो उनीहरुको लागि खेल भएपनि यसले नेपाली फिल्मलाई फाइदा गरेको छैन ।

नेपाली फिल्मको लागि खेल त वितरकले खेल्दैनन् । तर, यो हप्ता भारत फिल्म शुक्रबारमात्र रिलिज गर्न दिने विकास बोर्डले अडान थापेपछि वितरक राठीले अदालतसम्म पुगेर मुद्दा हाले र जिते । उनको हिन्दी फिल्मप्रतिको यो माया देखेर फिल्मीकर्मी जिल्ल छन् ।

२ दिन ढिलो भारत नेपालमा रिलिज हूँदा शुक्रबार चलेका नेपाली फिल्मले हलमा २ दिन स्थान पाउथ्यो । तर, मनोजलाई नेपाली फिल्मसँग के मतलब भयो र ?

भारतबाट कमाउनु छ । नेपाली फिल्म मरुन् कि बाचुन् । यत्रो मेहेनत नेपाली फिल्मलाई पनि गरिदिनु न वितरक ज्यू ।