एनआरएन इंग्ल्याण्ड राज्य परिषदको अध्यक्षमा श्रेष्ठको उम्मेदवारी

एनआरएन यूकेको इंग्ल्याण्ड राज्य समन्वय परिषदको अध्यक्ष पदमा बेलायतकाचर्चित एवम लोकप्रिय एनआरएन अभियन्ता दिपक श्रेष्ठले उम्मेदवारी दिएका छन् । आउँदो सेप्टेम्बर १४ मा हुने निर्वाचनबाट पहिलोपटक गठन हुन लागेको इंग्ल्याण्ड राज्य परिषदमा अध्यक्ष पदको लागि श्रेष्ठ उम्मेदवार बन्न लागेका हुन् । यसअघि एनआरएन यूके उपाध्यक्षमा उम्मेदवारी दिने चर्चा गरिएका श्रेष्ठ पछिल्लो समय उम्मेदवार नबन्ने मनस्थितिमा थिए । एनआरएन यूकेले हालै इंग्ल्याण्ड राज्य परिषदको समेत निर्वाचन गर्ने निर्णय गरेपछि भने उनले राज्य परिषदको अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् ।

“मलाई केहि अग्रजहरूले उपाध्यक्ष अथवा आई सि सि मा उठन सल्लाहा पनि दिनु भएको थियो तर म पद भन्दा पनि उचित भुमिका को खोजिमा थिए, जुन कुरा राज्य समन्वय परिषदमा बसेर गर्न सकिन्छ भन्ने लागेर मैले यस पदमा उम्मेदवारी दिएको हु “ श्रेष्ठ ले भने। यो भुमिकामा ईण्ल्याण्ड बासी नेपाली दाजु- भाई आमा-बुबा हरूको घर दैलोमा पुगेर एनआरएन को महत्व, आवश्यकता र भुमिका बारे जानकारी गराएर उहॉहरूको भावना अनुसार एनआरएन लाई सबैको प्यारो छाता संगठन बनाउन सकिन्छ , उहाँ ले थप्नु भयो।

इंग्ल्याण्ड राज्यको अध्यक्षका रुपमा श्रेष्ठले एनआरएनलाई ग्रास रुटसम्म पुर्याउने, स्वस्र्फुत रुपमा संस्थाको सदस्यता लिने वातावरण निर्माण गर्ने, स्थानीय संघसंस्था र समुदायको भावना बुझ्ने, एनआरएनको औचित्य र महत्वबारे बुझाउने लगायतका कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता गरेका छन् । एनआरएन यूकेको १ १५ कार्यसमितिमा सदस्य एवम् २०१५ १७ मा कोषाध्यक्षको रुपमा श्रेष्ठले निभाएको प्रभावशाली भुमिकाको एनआरएन वृत्तमा अहिलेसम्म पनि चर्चा हुने गरेको छ ।

बेलायतका एकजना सफल युवा व्यवसायी उनी सामाजिक क्षेत्रमा समेत कहलिएका अभियन्ता हुन् । बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष उनकै नेतृत्वमा अहिले १ करोड २५ लाख रुपियाको लगानीमा कपिलवस्तुमा बुद्ध वृद्धाश्रम निर्माणाधिन छ । श्रेष्ठकै अवधारणा र नेतृत्वमा लण्डनको ट्राफल स्क्वायरमा हरेक वर्ष बुद्धजयन्ती कार्यक्रम पनि आयोजना हुंदै आएको छ । उनी कपिलवस्तु समाज यूकेका संस्थापक अध्यक्ष पनि हुन् । एनआरएन यूके, पासा पुच साउथ ईस्ट लगायतका बेलायतस्थित थुप्रै सामाजिक संघसंस्थामा उनी सल्लाहकार छन् । त्यस्तै नेपालमै केही गरै भन्ने उदेश्यले सन् 2017 देखि नेपालमा हिमालयन ग्लाेबल इन्भेस्टमेन्टकाे नामबाट साहसिक खेल हट एयर बेलुन संञ्चालन गरी नेपालमा पनि राेजगारी सृजना गरी मातृभुमिकाे माया दर्साई सक्नु भएकाे छ । उहाँले सन् २०२०काे उपलक्षमा बेलुन फेसतिबल गरि नेपाल काे पर्यटन क्षेत्रमा अाफ्नाे दरिलाे उपस्थिति दिईसक्नु भएका श्रेष्ठले अाफ्नाे उपस्थितिले समग्र देश र बिदेसमा भएका NRN हरूले गाैरबकाे बिषय भएकाे जानकार गराउनुका साथै समाजसेवा पनि उहाँकाे उपस्थिति नजर अन्दाज गर्न नसकिने हिसाबले उहाँ सक्रिय हुनुहुन्छ ।