निर्माता सापकोटाको ‘डर’ !

निर्माता विनोद सापकोटाको फिल्म ‘लभ डायरिज’ प्रदर्शनमा आएको छ । फिल्म प्रमोसनका लागि उनी निर्देशक सौरभ चौधरीको साथ कमेडी रियालिटी शोमा पुगेका थिए ।

उनीहरुले आफ्नो समय एकदम राम्रोसंग बितेको बताए । पहिलो प्रस्तुति विष्णु प्रसाद गौडेलको हेरे पछी उनले हास्दा हास्दै भावुक भएको बताए । लालपुर्जा दिएर टिकट पाएको शब्द मार्मिक लाग्यो रे उनलाई ।

नेपाली फिल्म हलमा आएको थाहा हुने तर कमाएको र उत्रिएको थाहा हुन छोडेको छ।  आज भोलीको यस्तो समयमा उनको फिल्म प्रदर्शनमा आएको छ । फेरी फिल्मका हिरो शुशीलको फ्लपको रेकर्ड छ ।

यहि बीच सापकोटालाई पनि गौडेलले भनेको बिषयले छोएको छ । के उनमा पनि फिल्म नचलेर आफ्नो ‘खेतिपाती नै बन्द हुने त होइन’ भन्ने डर समेत देखियो ।

के हो निर्माता जी, नयाँ निर्देशक माथिको विश्वास कम भएको हो ? या के हो ?