‘तै मोरी’ मा बर्षा र विपिन (भिडियो)

सम्पूर्ण समस्याको एक समाधान इसेवा । हो, सम्बन्ध जोड्न, माया बाढन मात्रै नभएर विभिन्न बिल तिर्न समेत अहिले सबै भन्दा सजिलो माध्यम बनेको छ इसेवा । यहि बिषयको जानकारी दिन टिमले एक भिडियो सार्वजनिक गरेको छ । इसेवाका बिशेषतालाई देखाउदै निर्माण गरिएको भिडियोमा कलाकार बिपिन कार्की र बर्षा राउत फिचर्ड छन् ।

‘तै मोरी’ बोलको उक्त ब्राण्ड एन्थममा कालीप्रसाद बास्कोटाको स्वर शब्द र संगीत रहेको छ । अशिम शाह निर्देशित भिडियो छायांकन एस्ट्रो झोलेले गरेका हुन् । भिडियोमा श्रीमान श्रीमतीको प्रेमलाई इसेवाले नजिक बनाएको देखाइएको छ।