सर्वनाममा ‘सब ठिक छ…’

मानसिक रोगीले समाजलाई हेर्ने दृस्टीकोणमा केन्द्रित रहेर नाटक ‘सब ठिक छ..!’ आजबाट मन्चन सुरु भएको छ  । बिहिबार बाहेक प्रत्येक दिन साँझ ५बजे र सनिवार अतिरिक्त समय दिउसो एक बजे नाटक मन्चन गरिने छ ।

इम्प्रोभाइजबाट निर्माण भएको नाटक आज फागुन ९ देखि ३० गते सम्म सर्वनाम थिएटरमा मञ्चन हुने छ । बिन्दु बि एम, धिरज थापा मगर, शर्मिला नगरकोटी, मुकेश हमाल, क्षितिज पराजुली, नवीन पौडेल आशिष काफ्ले, पाश्लाक्पा शेर्पा लगाएतका कलाकाहरुको अभिनयरहेको नाटकलाई कृष्ण खड्काले निर्देशन गरेका हुन् । नाटक सर्वनाम थिएटरका पुर्व प्रशिक्षार्थी समुहको प्रस्तुतिमा मञ्चन हुन लागेको हो ।