प्रेमको जीत : आयुष्मान-प्रियंका विवाह

प्रियंका कार्की र आयुष्मान देशराज जोशीले विवाह गरेका छन् । उनीहरुको सम्बन्धको चर्चा गर्दा ‘प्रेमको जित’ भन्न सकिन्छ । संसार भुलेर यी दुई एक अर्काको प्रेममा हराएको कुरालाई नकार्न सकिन्न । नेपाली समाज हो, कुरा नकाटी खाएको नपच्ने भएकोले उनीहरुको खुसिमा आखा लगाउनेहरुले असह्य भएर धेरै कुरा गरेको पाइयो । तर पनि उनीहरुको प्रेमको जित भएको छ । मनबाट धेरै पहिले नै नजिकिएका जोडी, कानुनी र सामाजिक रुपमा समेत एक अर्काका भएका छन् ।

पहिलो पटक सार्वजनिक रुपमा चुम्बन साटासाट गरेर एक अर्काको प्रेम ब्यक्त गरेका थिए । हो यहि दिनबाट नै टिप्पणी गर्न सुरु गरियो ।  उनीहरुको उमेर अन्तर र आयुषले गरेको ‘दिदी’ सम्बोधन त धेरैको कमाइ खाने भाडो नै भयो ।नेपालमा पहिलो महिला प्रियंका नै हुन्, जो सम्बन्ध बिच्छेद पश्चात प्रेममा छिन्, झैँ गरि चर्चा गरियो । उनीहरु घुमेको, रमाएको र एक अर्कामा हराएको बिषयलाई लिएर समाजलाई बीचमा ल्याउदै चरित्र हत्या प्रयास गरियो ।

तर अहँ, साचो प्रेम डगेन । उनीहरुले पारिवारीक सहमति मै भब्य रुपमा विवाह गरेका छन् । प्रियंकाको सिउदोमा सिन्दुर र गलामा आयुषको नामको पोते लागेको छ । उनीहरु खुसि छन् र कुराकाट्न चाहनेहरु अब अरु बिषय खोज्दै छन्।