फिल्मका लागि ज्यान बनाउदै रेखा

फिल्म निर्माणको तयारीमा रहेकी अभिनेत्री तथा निर्मात्री रेखा थापा जोडतोडका साथ लागि परेकी छन् । कलाकार छनोट देखि आफ्नो शरिरको तौल घटाउनेसम्मका काम उनी घरमा नै गरिरहेकी छन् ।  आगामी भदौबाट फ्लोरमा जाने भनिएको फिल्ममा अभिनेता सौगात मल्ल छनोट भइसकेका छन् भने अन्य कलाकारको पनि टुङ्गो लाग्दैछ ।

यस बिचको अवधिमा अभिनेत्री रेखाले आफ्नो  मोटाएको ज्यानलाई घटाउन लागि परेकी छन् । लकडाउनका कारण जिम जान नपाएकी रेखाले घरमा नै एक्ससाइज मास्टर बोलाएर शरिरलाई व्यालेनसमा ल्याइरहेकी छन् । रेखालाई विज्जु पार्कीले एक्ससाइज गराइरहेका छन् । उनी रेखाको पर्सनल ट्रेनर हुन् । उनले सार्वजनिक गरेको तस्विरमा आफ्नो पर्सनल ट्रेनरसंग व्यायाम गरेको देखिन्छ । ट्रेनरले उनलाई काँधमा हात राखेर हावामा आफ्नो शरीर उडाएका छन् ।

रेखाले ट्रेनरलाई थामिरहेको तस्विर निकै आकर्षक देख्न सकिन्छ । रेखाले ट्रेनरलाई उचालेको तस्विरको क्याप्सनमा , ‘हामीले केही गर्दा, सोच्दा, बोल्दा, खाँदा वा फिल गर्दा पनि ब्यालेन्स हुन जरुरी रहन्छ । यसैले हामीलाई माथि पुर्याउने , स्वस्थ्य रहनुस्, सकारात्मक रहनुस् ।’ भनेर लेखेकी छन् । उनको तस्विरले नयाँ बनाउन लागेको फिल्ममा रेखाका एक्सन मज्जाले देख्न सकिन्छ भन्ने अनुमान लगाउन सकिन्छ । आफुलाई एक्सन लेडिज हिरोका रुपमा चिनाएपछि त यति त गर्ने  पर्यो  नि हैन र रेखा ।