अनमोलको आफ्नै दुनियाँ

अनमोल केसी मौन छन् । उनी, मौन बस्न रुचाउने हिरो हुन् । बाहिरी दुनियाँमा के भैरहेको छ भन्ने अनमोललाई त्यती मत्तलब हुदैन । मत्तलब भएपनि उनी प्रतिक्रिया दिइहाल्दैनन् । अनमोल केसीकै घरमा अहिले पिता भूवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह विरुद्ध मुद्दा दर्ता गरेका पनि छन् ।

यो बिषयमा अनमोल बोल्न उचित ठान्दैनन् । किनकी, यो विवादमा उनलाई फस्नु नै छैन । साम्राज्ञी र भूवनको विवाद अदालतसम्म पुग्दा अनमोल भन्दै क्लिक क्लिक भनेर फोटो खिचाएका छन् । अनमोलले कहिलेकाही स्टाटस घुमाएर लेख्छन् । उनले, नम्र भएर बस भनेर एउटा फोटो राखेका छन् । अनमोल, नम्र हुन, अरुको कुरा सुन्न तर नबोल्न भनिरहेका छन् । यो उनको सांकेतीक प्रहार पनि हुनसक्छ ।
तर, अनमोल केसीको आफ्नै दुनियाँ छ । जुन दुनियाँलाई बाहिरको दुनियाँले असर गर्दैन ।