कथा के हो अनमोलको ?

अभिनेता अनमोल केसीलाई फिल्मको सुटिङ नभएर पनि फरक परेको देखिन्न । अनमोल केसीले लकडाउन खुलेपछि ५ वटा ठूला कम्पनीका विज्ञापनमा काम गरिसकेका छन् । यसले, फिल्म खेल्ने निर्णय गर्न नपाएपनि अनमोल केसीलाई आर्थिक अभाव भएको छैन ।

अनमोल केसीका पिता भूवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको वादविवाद अदालतमा पुगेको छ । अदालतमा पुगेको यो मुद्दाले कस्तो बाटो लिन्छ भनेर पनि भन्न कसले सक्छ र ? अनमोललाई यो कुराले छटपटी भएको पनि होला । तर, अनमोल यो विवादमा बोल्न चाहदैनन् ।

अनमोलले फेसबुकमा लेखेका छन् कि, तपाइलाई मेरो नाम थाहा छ तर कथा थाहा छैन । अनमोलले यो किन भनेका होलान् ? किनभने, अनमोल केसीले कथा थाहा छैन भनेर उनलाई नामले त मानिसले चिनेका छन् तर उनको कथा वुझेका छैनन् भन्न खोजेका होलान् ।