छोप्दा छोप्दै देखियो अनु र सविनको प्रेम

प्रेममा परेको कुरा खासै गर्न नजान्ने अभिनेत्री अनु शाहले सविनसँगको प्रेमका बारेमा खुलेर बताएकी छन् । हालै एक फोटो सुटका बेला दिएको अन्तरवार्तामा क्रममा उनले सविनसँगको प्रेमबारे कुरा चुहाएकी छन् । बेला बखत सविनसँग रमाइएका तस्विरहरु इन्स्टामा राख्ने गरेकी छन् । तर यता सविनको इन्स्टामा होस् या फेसबुकमा उनी परेकी छैनन् ।

सविनले अनुसँगको प्रेम सामाजिक सञ्जालमा नछरेपनि अनुले भने छरेकी छन् । उनले हालै गरिएको एक फोटो सुटका क्रममा उनको गर्धनमा सविन नाम लेखेको ट्याटु खोपेको देखिएपछि सम्बन्धका बारेमा थप चर्चा भएको हो । उनीहरुको प्रेम गहिराईमा छ भन्ने कुराको संकेत पनि हो यो ।
नत्र कसैले आफ्नो गर्धनमा अर्काको नामको टाटु खोप्छ र ? उनले त्यो फोटो सुटका क्रममा एउटा गीत पनि गाएकी छन् । उनले ‘फलफुल मिठो चोरेर खाएको, माया मिठो लुकेर आएको ’। गीत अनुसारको गर्दा गर्दै देखिएसी कस्तो के लाग्छ र हैन त अनु जी ? तर जे होस् उनको टाटुले पनि अनुको प्रेम सविनसँग गहिरो चाँही पक्कै छ है ।