रियल लाइफमा सिउँदो कहिले त नीताजी ?

नीता ढुंगानाको सिउँदो सिन्दुर देखियो । यो सिन्दुर रियल लाइफको होइन । नीता अविवाहित छिन् । नीताले रियल लाइफमा सिउँदो लगाउन नपाएपनि फिल्म, भिडियोमा धेरै पटक लगाएकी छिन् । अभिनेता आमेष भण्डारीसँग प्रेम सम्बन्धमा हुँदा उनीहरुको बिहे नै हुने हल्ला थियो । दुबैजनाले परिवारको सहमतीमा बिहे गर्ने बताएका थिए । तर, प्रेम टुट्यो ।

नीता अहिले कलाकार, ज्योतीष हरिहर अधिकारीको प्रेममा छिन् भनेर भनिएको छ । तर, स्विकार दुबैले गरेका छैनन् । नीताले हालै रिलिज भएको एउटा तीजको गीतमा बिबाहित महिलाको भूमिका निर्वाहा गरिन् । सिउँदो सिन्दुर देखेपछि धेरैले सोध्न थाले, रियल लाइफमा चै कहिले ? नीता हाँसेर मात्र बस्छिन् । अब, जवाफ दिने बेला भएन र ?