पूजाको बिषयमा मौन किन आकाश ?

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ मिल्ने साथी । पूजा आकाशलाई मन पराएर फ्यान क्लब पनि बनेका छन् । पूजा र आकाश भिडियो, फिल्ममा पनि काम गरिरहेका छन् । पूजा र आकाश हरेक परिस्थितीमा साथ दिने बताउँछन् । पूजा शर्मालाई लकडाउन र लक डाउनपछि त विवादले छाडेन । कहिले जिल्लाको विवाद, कहिले सुष्मा कार्कीको विवाद, कहिले प्रकाश सुवेदीसँगको विवाद ।

विवादै विवाद । कती हो कती विवाद । पूजालाई प्रकाश सुवेदीले टीभीमा दारिनी हिरोइन भन्दिए । पत्रकारले बोल्नै नमिल्ने कुरा बोल्दा फिल्मकर्मी र पत्रकारले आलोचना गरिरहेका छन् । प्रकाश सुवेदीको आलोचना उनको पत्रकारिताको करिअरमा पहिलो पटक यति भएको होला ।

तर, सबैले पूजालाई साथ दिएर बोल्दा आकाश श्रेष्ठ मौन छन् । आकाशले पूजालाई परेको पीडामा मल्हम त लगाएका होलान्, संझाएका होलान् तर सार्वजनिक रुपमा त्यती धेरै बोल्दैनन् । यो बेलामा त सबैभन्दा पहिले आकाश बोल्नुपर्ने । तर, किन मौन होलान् आकाश ?