पललाई एलिजासँग फिल्ममा जोखिम,भिडियोमा मतलब छैन

पल शाहलाई फिल्म नबनेर के भो । बनेका फिल्म रोकिएका छन् । पल रोकिएका छैनन् । फिल्म नभएनी भिडियो त खेलेको खेलै । पलले भिडियो खेलेको देखेर चकित हुनुपर्ने छ । फिल्म पनि खेल्ने निर्णय गर्दैछन् । रिजर्भ बस्ने कुरा त पलका लागि एकादेशको कथा हो । दैनिक युटुबमा, फेसबुकमा भिडियो ।

पल शाहका लागि दर्शकले अब युटुबमै पर्खिए भए । पलले अनुराग फिल्ममा एलिजा गौतमसँग काम गर्न मन गरेनन् । पलले खेल्छु भनेको फिल्म पनि खेलेनन् । मौखिक सहमती गरेर कागज गर्ने बेलामा निर्णय परिवर्तन गरिदिए । फिल्म चलेन । पलको निर्णय सही नै देखिएको हो । एलिजाको फिल्म पनि चलेन । तर, ऋषि धमलाको श्रीमती हुनुको फाइदा उनलाई छ । युटुबमा राम्रो कभरेज भैरहेको छ । पल शाहले एलिजालाई फिल्ममा त पत्याएनन् । भिडियो भने खेले ।

एउटा भिडियोमा उनीहरु खेलेका छन् । फिल्ममा खेल्दा त फ्लप होला भन्ने रिस्क थियो । भिडियोमा के भयो र ? फ्लप हुनु भनेको भ्यूज नआउनु हो । यसले पललाई के फरक पार्छ र ? फिल्ममा पो हलमा दर्शक टिकट काटेर आउदैनन् । युटुबमा दर्शक पाउन के गाह्रो छ र ? यसैले त एलिजासँग काम गरेका होलान् ।