दीपेन्द्रजी, रिलिजको हतारो किन ?


यो बर्ष नै फिल्मको रिलिजको दिन फाइनल गरेर फिल्म बनाएका निर्माताले जोखिम मोलेका छैनन् । कोरोना भाइरसको अवस्था शान्त कहिले हुने होला ? शान्त हुने कहिले कहिले, फिल्मको मिति तोकेर के गर्नु अहिले । तर, अर्को बर्षमा त्यो पनि भदौमा फिल्मको मिति तोकियो भने के हुन्छ भनेर प्रश्न सोध्न सकिएला ।

निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्नेछन्, चिसो मान्छे । चिसो मान्छेको कथा लेखेर सके उनले । फिल्मको सुटिङ सुरु गर्नका लागि अझै समय लाग्नेछ । किनकी, फिल्मको सुटिङ कहिलेबाट गर्ने भन्ने नै थाहा छैन नी ।

तर, दीपेन्द्र र निर्मात्री शर्मिला पाण्डेले भने फिल्मको लागि रिलिजको मिति तोकेका छन् । फिल्म चिसो मान्छेलाई २०७८ साल भदौको ११ गते रिलिज गरिनेछ । १ बर्ष छ अझै । भदौसम्म फिल्म रिलिज गर्न सकिएला कि नसिकला ? सुटिङ नै गर्न सकिन्छ कि सकिदैन खै । तर, दीपेन्द्रलाई रिलिजको दिन तोकेर त्यो दिन मेरो हो भन्ने हतार भने भयो ।