अव स्कुल र कलेजमै फिल्म पढ्न पाउने

नेपाली फिल्मको इतिहास धेरै लामो छैन । नेपालमा फिल्मको इहिहास हेर्न हो भने पचास बर्ष हारहारी पार मात्रै गरेको छ । तर यो अवधिमा नेपाली फिल्मले सोच अनुसारको व्यापार व्यवसाय गर्न सकेको छैन भने बाहिरी फिल्मी बजार पनि लिन सकेको अवस्था छैन ।

आगामी बर्ष देखि नेपाली फिल्मका गतिविधिबारे स्कुल तथा कलेजमा पढाई हुने भएको छ । नेपाली सिनेमा क्षेत्रमा पढेर भन्दा पनि लहै लहैमा आएका कारण पनि फिल्मले बजारमा बजार लिन नसकेको धेरैले आरोप लगाउँदै आएका थिए । अव भने स्कुल लेवलबाट नै फिल्म सम्बन्धि पढाई गरिने भएको छ ।
फिल्मका कुनै पनि कुरा नपढी एकै पटक निर्देशक तथा निर्माता भएका कारण धेरैको घरबार उडेको छ भने कतिपय विदेश पलायन भएका छन् ।  हालै यसै विषयलाई लिएर नेपाल चलचित्र विकास बोर्डले पाठ्यक्रममा फिल्मबारे पढाइ गराउन कुरा अगाडी सारेको छ ।
चलचित्र विकास बोर्डको पहलमा नेपाल सरकार शिक्षामन्त्रालय अन्तर्गतको पाठ्यक्रमविकास केन्द्रले विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई पाठ्यक्रम निर्माण समितिको पदेन सदस्यको रुपमा आमन्त्रित गरेका छन् ।

समितिले कोरोना प्रभाव हट्ने बितिकै आगामीबर्षका लागि पाठ्यक्रम निर्माण गर्ने जानकारी दिएको छ ।पहिलो चरणमा विद्यालयस्तर र त्रिभुवन विश्व विद्यालय अन्तर्गतका पाठ्यक्रममा फिल्मलाई समेटिने पाठ्यक्रमविकास केन्द्रका महानिर्देशक केशव प्रसाद दाहालले बताए ।