दिपाको नाच्ने मुड


दिपाश्री निरौलालाई नाच्ने मुड आयो । आजको दिनको मुड भनेर नाच्दै गरेको फोटो राखिन् ।

निर्देशक निरौलालाई नाच्ने मुड किन आयो । उनका नजिकका मानिस, उनलाई थाहा होला । तर, दिपाले नाच्ने मुड देखाउँदा उनी अब महानायक काण्डबाट पुरै बाहिरिएको भनेर वुझ्ने त होला ।

दिपाश्री निरौला लकडाउन हुँदा इन्टरभ्यूमा गएर महानायक हो र राजेश हमाल भनेर बोल्दा डुबिन् । गाली खाइन् । दिपा डिप्रेशनमा गएको भनेर अशोक शर्माले नै लेखे ।

भदौ ७ गते परेको जन्मदिनमा दिपाले रुदै माफी मागेकी पनि हुन् । माफी मागेपछि उनलाई दर्शकले साथ दिएका छन् । फेरि, दिपालाई राम्रो फिल्म ल्याउन आग्रह गर्न थालेका छन् । यही भएर पनि दिपाको मुड नाच्नेतिर गयो कि । कि, अरु नै कारणले होला ।