कसको प्रेममा डुब्ने स्वतिमा ?


फिल्मको अवस्था शान्त छैन । छटपटी बनाउने जस्तो छ । कलाकारहरुमा छटपटी छ । कोरोनापछि भविष्य त पुरै अन्यौलग्रस्त । सबै क्षेत्र विग्रेको छ । ढिलो खुल्छ फिल्म क्षेत्र । खुलेर के हुन्छ भनेर पनि भन्न नसकिने देखिन्छ । यसैले, अहिले त कलाकारले आँखा चिम्लिएर बस्नुको विकल्प नै छैन ।

कोही कलाकार भाग्यमानी भएका छन् । अभिनेत्री स्वस्तिमा खड्काले दिपेन्द्र के खनालको फिल्म चिसो मान्छे यही बेलामा खेल्ने निर्णय बनाएकी थिइन् । स्वस्तिमालाई कोरोना खुलेपछि के गर्ने भन्ने त छैन । अरु धेरैलाई त यो छटपटी पनि छ ।

स्वस्तिमा आँखा चिम्लिएर प्रेममा डुब्न आग्रह गरेकी छिन् । डुब्न त डुब्ने, तर कसको ? स्वस्तिमा त कि दर्शकको प्रेममा डुब्ने कि निश्चलको प्रेममा त हो ?

तर, कलाकारले सोच्न आवश्यक छ । आँखा चिम्लिएर आफैलाई विश्वास गर्ने भविष्यको बारेमा धेरै नसोच्ने । कि स्वस्तिमाले इन्स्टाग्राममा ९ लाख फलोअर्स पुगेकाले आँखा चिम्लिएर प्रेममा डुब्न भनेकी हुन् । हुन पनि सक्छ ।