घमण्डी छैनन् रे रेनशा


रेनशा वान्तवा राइ कोरियोग्राफर थिइन्, हुन् । इन्टु मिन्टु लण्डनमाबाट उनी निर्देशक हुन् । दोश्रो फिल्म हतारमा घोषणा गरेर फुर्सदमा पछुताएकी हुन् कि के हो खै । बनाउने भनेको धेरै भयो । आइ एम ट्वान्टी वान बन्छ कहिले कहिले ?

कोरियोग्राफी गर्दा नै उनलाई घमण्डी पनि भन्थे फिल्मीकर्मीले कोही कोहीले । कोरियोग्राफीमा खतरा भए, फिल्म किन निर्देशन नगर्ने भनेर पनि गरिन् । राम्रै चलेको हो । निर्देशक बन्न सक्छु भनेर देखाएकी हुन् ।

रेनशा आफूमा घमण्ड नभएको बताउछिन् । घमण्ड नभए के छ त ? उनीसँग व्यक्तित्व छ रे है, जुन जो पायो त्यहीले सम्हाल्न सक्दैनन् रे । उनको व्यक्तित्व कमैले मात्र सम्हाल्ने भेटिन्छन् भन्छिन् त उनी । प्रज्ज्वल शमशेर जबराले त सम्हालेका होलान् नी ।

ठिकै छ, अब फेरि फिल्म बनाउने नी त । व्यक्तित्व पनि देखाउने, अली अली घमण्ड पनि सुहाउँछ के ।