सुन्दर देख्ने नम्रता


दोश्रो चरणको लकडाउन खुलेको छ धेरै हदसम्म । केही कुरामा बन्देज छ । फिल्मको बन्देज खुल्ने कहिले कहिले ? कलाकारहरु दोश्रो चरणको निषेधाज्ञा खुकुलो भएपछि चहलपहल गर्न थालेका छन् । अभिनेत्री नम्रता श्रेष्ठ भने लुक्ला पुगेकी छिन् ।

उनी, प्राय ट्रेकिङमा रमाउने, शान्त स्थानमा ध्यान गर्न रमाउँछिन् । हुनसक्छ, नम्रता लुक्ला यसैले पुगिन् । उनी, नेपालको रमणीय स्थानलाई सुन्दर देख्छिन् । तर, सुन्दर देख्नका लागि उनको सुत्र पनि अर्को छ ।
नम्रतालाई आफू जती कृतज्ञ हुन सकिन्छ, त्यती नै सुन्दर देख्न सकिन्छ भन्ने लाग्नेरहेछ ।

नम्रताको सुन्दरताको चर्चा पनि भएको हुन्छ । नम्रता चर्चामा कम आउने, आफ्नो संसारमा रमाउने अभिनेत्री हुन् ।