आकाशलाई के मन पर्यो


आकाश श्रेष्ठ भिडियो खेलिरहेका छन् । अभिनेता श्रेष्ठले लकडाउनपछि दर्जन भिडियो गरिसके । भिडियो कलाकारको आम्दानीको श्रोत हो ।

फिल्म नभएको बेलामा त झनै भिडियो खेलिरहेका छन् । कलाकारहरुको भीडमा आकाशले पनि खेल्ने नै भए भिडियो ।

आकाशले भिडियो खेल्दा खेल्दै हिड्दा हिड्दै फिल्म खेल्ने निर्णय गरे । अभिनेत्री पूजा शर्मा विना आकाशले फिल्म खेल्न लाग्दा अचम्म मान्न पर्छ । पूजासँग बाहेक उनले फिल्म नखेलेको धेरै भएको हो ।

पुजाविना आकाशले फिल्म हिड्दा हिड्दै किन खेल्छु भनेर सोचे भनेर भन्न पाइयो । आकाशले कथा राम्रो छ, यही भएर फिल्म खेल्न लागेको हुँ भनेर भनेका छन् ।

कथा मन परेका कती फिल्म आकाशले पुजा नहुँदा खेलेनन् होला है । आकाशले कथा मन परेको कुरा गरे । उनले पारिश्रमिक राम्रो पाएको खबर सार्वजनिक हुन थालेका छन् । आकाशलाई मन परेको के होला ?