साराको कलाको भाषा


सारा सिर्पाली । सामाजिक संजालमा माया, प्रेम र कलाको कुरा गर्दैछिन् । सारा सिर्पाली जसले जन्मदिन मनाइन् केही दिन अघि । उनलाई दर्शकको माया छ । माया भएर के गर्नु, उनी नै चुपचाप ।

चुपचाप बस्दा फ्यानले उनको काम हेर्न गतिलोसँग पाएनन् । प्रतिक्रिया यस्तै त आएको छ । सारा मायाको कुरा किन गरेकी हुन्, उनलाई थाहा छ । मायामा भएर होला भनेर वुझौ हामीले । साराले कलाको पनि कुरा गर्छिन् ।

कलाले मानिसलाई आफैलाई पाउन र एकै समयमा आफूलाई गुमाउन सक्षम बनाउने उनको कुरा छ । साराले यस्तो कुरा किन गरेकी होलन् ?

साराले कला क्षेत्रमा लागेर के पाइन् के गुमाइन् होला । तर, साराको कुराले उनी कलाप्रति गम्भिर छिन् भनेर वुझौ ।

सारालाई फिल्म चल्नुछ । गुञ्जन पनि चलेन भने उनले करिअरमा असफलता भोग्नुपर्छ । उनलाई राम्रो ब्यानरले पत्याए भने सजिलो हुने थियो । तर, साराको सुन्दरतामा भने आफैमा कला छ । सारालाई यो कुरा थाहा होला ।