अनमोलबाट प्रभावित मात्र हुने कि अनुशरण पनि गर्ने नाजिर ?


नाजिर हुसेनको नाम फिल्ममा कम भिडियो धेरै सुनिने गर्छ हिजोआज । फिल्ममा उनी असफल हुन् । सुरुवातमा हिट भएका नाजिर पछि फ्लप भए । फिल्म कती गरे, के गरे आफैले थाहा नपाएर आयो यस्तो अवस्था ।

नाजिरले कुनै फिल्म पैसाको लागि पनि गरेका छन् । स्वस्तिमा खड्कासँग कुरा गर्दा नाजिरले अनमोल केसीबाट प्रभावित भएको बताए । अनमोलको रिजर्भ बस्ने बानीबाट प्रभावित भएको नाजिरले बताए ।

अनमोल कम फिल्म खेल्ने, बाहिर ननिस्कने, जुन पायो त्यही काम नगर्ने हिरो हुन् । नाजिरलाई अनमोलको यो काम मनपर्छ । तर, अनमोलबाट प्रभावित मात्र हुने कि त्यसलाई आफूमा पनि लागु गर्ने हो नाजिरले ?

प्रभावित भएपछि अनुशरण पनि गर्नपर्छ । प्रभावित भए भनेर मनलाग्दी काम गरेर स्टारडम जोगिन्छ र नाजिर ।