प्रभु बैंकको ‘ब्रान्ड एम्बास्डर’ मा प्रदीप र क्रिस्टिना

प्रभु बैंक लिमिटेडले दुई कलाकारलाई ब्रान्ड एम्बास्डर नियुक्त गरेको छ ।

नेपाली चलचित्रका लोकप्रिय अभिनेता प्रदीप खड्का र ‘प्रेमगीत ३’ बाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी कृष्टिना गुरुङ प्रभु बैंकको ‘ब्रान्ड एम्बास्डर’ मा नियुक्त भएका छन् । बैंकले उनीहरुलाई एक वर्षको लागि ब्रान्ड एम्बास्डरमा नियुक्ति गरेको हो ।

बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले सोमबार प्रभु बैंकको मुख्य कार्यालय अनामनगरमा प्रदीप र क्रिस्टिनासँग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाली फिल्मका दुई लोकप्रिय कलाकारसँग सहकार्य गर्न पाएकोमा उनले खुसी व्यक्त गरेका छन् ।

सीईओ शेरचनले चर्चित कलाकारको नियुक्तिसँगै प्रभु बैंकको थप विश्वसयिनता बढ्ने दाबी गरे ।

प्रदीप र क्रिस्टिनाले चलचित्र ‘प्रेमगीत ३’ मा एकसाथ स्क्रिन साझेदारी गरेका छन् । तर, कोरोनाका कारण यो चलचित्र प्रदर्शनमा आउन सकेको छैन । उनीहरुले देशको प्रतिष्ठित बैंकको ‘ब्रान्ड एम्बास्डर’ को जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरेका छन् ।

योसँगै कलाकार खड्का र गुरुङले अभिनय गरेको प्रभु बैंकको विज्ञापन पनि सार्वजनिक गरिएको छ ।