पुष्पको भिडियो किन चलेनन् ?


पुष्प खड्का राम्रो अभिनय गर्ने कलाकार हुन् । पुष्पले राष्ट्रिय चलचित्र पुरस्कार पनि पाएका छन् । मंगलम फिल्ममा उनले गरेको काम हेरेर सबै भुतुक्कै । पुष्पको अभिनय नै अर्कै छ ।

पुष्पले लकडाउनपछि भिडियो पनि खेलिरहेका छन् । पुष्पले खेलेका भिडियोहरु ठिकठाक छन् । चलेका छन् त कसरी भन्ने ।

उषा उप्रेती र उनले अभिनय गरेको भिडियो मेसो पा छैनको दर्शक संख्या हेरौ न । पुष्प खेल्दा पनि भिडियोले २ दिनमा २ लाख भ्यूज पाउन्न । भिडियोको बुष्ट फेसबुकमा पनि गरिएकै हो । दर्शकले किन मन नबनाएका हेर्न ।

उनले मोडल गरिमा शर्मासँग काम गरेको भुर भुर पुतली भिडियो १ महिना बढी भयो, ३ लाख भ्यूज छैन ।

उनले नै काम गरेको फापरको रोटी गीत रिलिजको १ घन्टामा जम्मा १ सय भ्यूज । पुष्पजी कहाँ चुक्नुभयो ? काम छनोट गर्दा ध्यान दिउँ है । फिल्ममा बनेको क्रेज पनि यसरी त सकिएला ।