फिल्म होइन, भिडियो कुर्नोस् निश्चल र स्वस्तिमाको


घामड शेरे त चलेन निश्चल बस्नेत र स्वस्तिमा खड्काको । जीवन चलिरहेको छ रमाइलोसँग । निश्चल र स्वस्तिमाले फिल्म खेल्ने कुरा छ । दिमाग खराब नबन्ने भयो । निश्चलले पटक पटक स्क्रिप्ट लेखेर च्याते, फिल्म नबनाउने भने अन्त्यमा ।

जिन्दाबाद फिल्म बनाउने कुरा रहेछ । विकास बोर्डमा नाम दर्ता भएको भनिएको छ । घोषणा भएको छैन । निश्चलले नै फिल्मको निर्देशन गर्नेछन् । स्वस्तिमा अभिनेत्री पक्का छिन् । दर्शकले कुरेका छन् निश्चल र स्वस्तिामाको फिल्म ।

अब, आउने भयो पहिला त भिडियो । चट्ट रुमाल गीत आउँदैछ । निश्चलले आफै स्वर दिए । आफैले स्वस्तिमा खड्कासँग मोडलिङ गरेका छन् ।

फिल्म कुरेका दर्शकका लागि भिडियो उपहार कत्तीको हजम होला, कुरौ केही दिन । तर, नाच फिरिरी चलेको हो । यो पनि चलोस् । तर, फिल्म चै चाडो है । हाम्रो होइन दर्शकको माग ।