पुष्पलाई एक्लै फिल्म धान्नुपर्नेछ


अभिनेता होस् या अभिनेत्री होस् । जबसम्म फिल्मलाई एक्लै काँधमा बोक्ने हिम्मत राख्दैन, चल्दैन । आफू भन्दा काँधमा बोक्ने मानिस अर्को भयो भने हिरोको जमाना गयो । हिरोइनको जमाना गयो ।

जमाना बनाउनुपर्छ । बनाएका छन् कसै कसैले । सबैले सकेका छैनन् । अभिनेता पुष्प खड्का फिल्म काँधमा बोक्नुपर्ने अवस्थामा छन् । तर सकेका छैनन् ।

उनले काँधमा बोक्नु परेका फिल्म चलेका छैनन् । मंगलमबाट उनले राष्ट्रिय फिल्म पुरस्कार पाएका थिए । काँधमा बोक्नु परेको थिएन फिल्म । छविराज ओझा, शिल्पा पोखरेल थिए फिल्म बोक्नका लागि । मारुनीले तारिफ दिएन पुष्पलाई । फिल्मले तारिफ पाएको हो ।

पुष्पलाई मारुनीमा साम्राज्ञी राज्यलक्ष्मी शाहले ओझेलमा पारेकी हुन् । फिल्म बोक्न पर्नेछ अब उनले । उनी मुकुन्द भट्टको एउटा द्धन्द्धात्मक फिल्ममा देखिन लागेका छन् । यो फिल्म उनले आफै बोक्नपर्छ । के सक्लान् त । कृष्ण लिला पनि खेल्ने कुरा छ । जंगबाजको काम बाँकी छ । व्यस्त छन् पुष्प । तर, चल्नपर्ने दबाब छ ।