दसैंंमा सिम्पल प्रियंका

अभिनेत्री प्रियंका कार्कीको लकडाउनको समयमा हल्का फुल्का म्युजिक भिडियो बाहेक अरु कामै भएन । आफ्नै युटुव च्यानलमा आफ्ना फ्यानहरुलाई विभिन्न परिकार बनाउन सिकाएर नै उनको ७ महिनाको लकडाउन कट्यो ।

निकै फुर्सदिली बनेकी प्रियंकाको गत बर्षतिर हेर्न हो भने निकै ब्यस्त अभिनेत्रीका रुपमा हेरिन्थ्यो । यो सालको दसैं उनको लागि फिल्मी क्षेत्रमा भने दौडधुप छैन । उनको यो दसैं भनेको वैवाहिक जीवनमा बाँधिएपछिको पहिलो दसैं हो ।

जसका कारण उनको यो बर्षको दसैं निकै विशेष छ । दसैंको अवसरमा उनले सिम्पल पहिरनमा दसैं मुडको तस्विर सेयर गरेकी छन् । जे होस् प्रियंकालाई यस्तै तस्विरमा हेर्ने दर्शकको चाहाना पनि हो है ? विवाह भएको पहिलो दसैं ह्याप्पी मुड त हुनै पर्यो नि हैन त प्रियंका , कि कसो हो ?