प्रेममा रमाएकी वर्षा


अभिनेत्री वर्षा सिवाकोटी अमेरिकामा छिन् । उनी नोभेम्बरको अन्त्यमा मात्र नेपाल आउने कुरा रहेछ । टिकाको भोलीपल्ट अमेरिका हिडेकी हुन् वर्षा । नेपालमा परदेशी २ को छायांकन हुने कुरा थियो । अहिलेसम्म भएको छैन, वर्षाकै कारणले हो कि किन ?

अमेरिकाको टेक्सासमा छिन् वर्षा । वर्षा अमेरिकामा रहेका सविनजंग थापाको प्रेममा छिन् । सविन र वर्षा टेक्सासमा रमाएका छन् ।

उनले फोटो हालिन् एउटा । फोटोमा उनी र सविन एक अर्कासँग सामिप्यता गासिरहेका छन् । सुर्य उदाउँदै छ । वर्षाको फोटोले भन्न खोजेको हाम्रो प्रेम उदाउँदो क्रममा छ भन्ने होला ।

वर्षाको प्रेम यात्रा बढेको छ अघि । उनले भने खुलेरै खुलाएकी छैनन् प्रेम । तर, उनी प्रेममा छु भन्ने पनि खोजिरहेकी छिन् । वर्षा र सविनको प्रेम, उदाउँदै जाओस् त भन्ने होला हामीले ।