आर्यनलाई के फाप्छ फाप्छ


दर्शकले मन पराए भने सबै कुरा फाप्छ, मन पराएनन् भने केही नै फाप्दैन । भन्न त यसै भन्न पर्ने होला । तर, फिल्म क्षेत्रमा यो कुरा हुँदैन । ज्योतिष, हात हेराउने, नाम हेर्ने, नाम जुराउने, पहिलो अक्षर हेर्ने, के के हुन्छ हुन्छ यहाँ हो ।

आर्यन सिग्देललाई हेर्न पनि सकिएला । डिसेम्बर फल्स फिल्म खेल्दैछन् उनी । हजार जुनी सम्म, च च हुई सबै नचलेका फिल्म । नाम नेपालीमा थियो भन्ने अब । किनकी, नोभेम्बर रेन, फस्ट लभ, मेरो लभ स्टोरी, क्लासिक जस्ता फिल्म अंग्रेजी नामका । यी फिल्म चलेका थिए । आर्यन चलेका थिए ।

डिसेम्बर फल्स पनि अंग्रेजीमा हुनु संयोग होला । कि आर्यन जानी जानी मलाई अंग्रेजी नाम चल्छ यही राखौ भन्छन् । कता कता हेरेर फिल्म खेल्ने हो । राम्रो खेले चल्यो, नराम्रो खेले उही हो । नाममा के छ र खै । आर्यनलाई के लाग्छ होला ।