साम्राज्ञीलाई जुर्दै जुरेन


अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको कुरा गरौ भनेर लागौ । साम्राज्ञीलाई असफल हिरोइन भनेर भन्दा फिल्म छ टन्नै । सफल भनेर भनौ भन्दा फिल्म चल्दैन । भन्ने के होला खै ।

साम्राज्ञीले स्टारले मलाई बनाउने होइन, मैले स्टार बनाउने हो भनेर भनेकी पनि हुन् । सबैले सुनेका थिए । साम्राज्ञीलाई यस्तै भयो के । घुमाइफिरी यस्तै छ अवस्था ।

साम्राज्ञीले अभिनेता प्रदिप खड्कासँग फिल्म अशुभ विवाहमा खेल्ने कुरा भएको हो । फिल्म अब नबन्ने होला । प्रदिपसँग जुरेन मौका । पल शाह अर्का हिरो चकलेटी । रेड वाइन खेल्ने भनेको हो । संझौता पनि भएको हो । तर, खेला खत्तम ।
अहिले पलले फिल्म नखेल्ने भए । पलले छाडे फिल्म । साम्राज्ञीको पलसँग पनि जुरेन खेल्ने अवसर ।

दुई चकलेटी हिरोसँग जुरेन । खै के भाको हो । अब अनमोल केसीसँग त ड्रिम्सपछि अरु फिल्म तत्काल संभव छैन । जुरेन हो जुरेन ।