भिडियो खेल्न सरकारले अनुमती दिएको हो र ?


अभिनेता राजेश हमाल । उनलाई तर्कमा जित्न गाह्रो । हमालको क्रेज देखिहाल्नुभयो, दीपाश्रीको केसमा । के सम्म भयो, हमाललाई नराम्रो भन्दा । क्रेज बनाउने होस् त हमालको जस्तो । नेपालमा कसको छ अरु क्रेज हमालको जस्तो ।

फिल्म क्षेत्र रोकिएको बेलामा हमालले बोले । हतारमा हल नखोलौ भने । हल खोल्नका लागि प्रदर्शक कराएको कराई छन् । निर्माता, कलाकार भनिरहेका छन् । हमालको तर्क फरक आयो । हल खोलेर कोरोना फैलियो भने के गर्ने भनेर भने उनले । समय आएपछि खोलौ भने हमालले । समय कहिले आउँछ, भ्याक्सिन आएपछि ।

भारतमा हल खुल्यो । सरकारले नै खोलेको हो नी त । हमालले म्यूजिक भिडियो खेलिरहेका छन् । भिडियो नै खिच्न पनि सरकारले अनुमती त दिएको होइन अहिलेसम्म । हमाल जस्ता कलाकारले खेलिनै रहेका हुन् भनेर भनौ ।
फिल्म खिच्दा, भिडियो खेल्दा कोरोना नसर्ने । हलबाट मात्र सर्ने । कुरा हजाम भयो र हमालको ।