केकीको बेहुली बन्ने रहर

अभिनेत्री केकी अधिकारी बेहुली बनेकी छन्। उनले सामाजिक सञ्जालमा बेहुली बनेको तस्विर सार्वजनिक गरेपछि उनको बेहुली बन्ने रहर जागेको छर्लङ्गै देखिन्छ । फिल्म ‘परदेशी २’ को छायांकन स्थलबाट अभिनेत्री केकी अधिकारीको नयाँ लुक्स सार्वजनिक भएको हो। सार्वजनिक भएको तस्विरमा केकी दुलहीको भेषमा देखिएकी छिन्।

केकीले आफैले सामाजिक सञ्जालमार्फत दुलहीको भेषमा सजिएको तस्विर सार्वजनिक गरेकी हुन्। उनको फिल्ममा के भुमिका निर्वाह गर्दैछिन् भन्ने बारे खुलाइएको छैन। फिल्ममा प्रकाश सपुत, प्रशान्त तामाङ, अभिनेत्री वर्षा सिवाकोटी र दीलिप रायमाझीको मूख्य भूमिका छ।