नथाकेकी साम्राज्ञी


विवादले थाकिन् होला अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह भनेर भनौ । कती आउने हो के विवाद । दिक्क लाग्ला नी उनलाई पनि । नलाग्ने पनि हुन्छ र । लाग्यो साम्राज्ञीलाई दिक्क ।

९ महिना लामो लकडाउन, यसमा विवाद । फिल्मको काम भएको होइन । भिडियो खेलिनन् । गाह्रो भयो नी समय बिताउन ।

बल्ल बल्ल फिल्मको छायांकन सुरु भएको छ । तिम्रो मेरो साथ । हुन परेन त फ्रेस । नभएर भयो त । सबै कुरा विर्सिएर काममा फर्किदाको रमाइलो छ नी । एउटा अभिनेत्रीका लागि त अझै हुन्छ ।

साम्राज्ञीले मेकअपसहितको फ्रेस फोटो राखेर आफू नथाकेको भनेकी छिन् । कुरा, क्लियर छ उनी फिल्मको सेटमा छिन् । सुटिङ लामो समय भएता पनि उनी थाकेकी छैनन् ।

ब्रेकअपले केही फरक पारेको छैन मलाई भनेर पनि देखाउन छ । अनी, थाकेको अनुहार राख्न पनि भएन । तर, इनर्जीले भरिएकी अभिनेत्रीको यो फ्रेस अनुहार नेपाली फिल्मका लागि पनि फ्रेस बनाउने फोटो हो नी ।