बडिगार्डको वेअर्थको हल्ला


नेपाली फिल्म किन राम्रो बनेन भनेर भनौ त । कुरा क्लियर छ नी । फिल्मको कथामा छैन होमवर्क । अरु कुरामा नाटक बेसी । फन्डा के फन्डा । किन र केका लागि गर्ने फन्डा । हल्ला त गर्ने हो के । तर, फिल्म राम्रो बनाएपछि ।

होइन भने दर्शक नै नभएको ठाउँमा, भीड नै नभएको ठाउँमा बडिगार्ड किन चाहिने हो र ? तिम्रो मेरो साथ फिल्मको कुरा गरौ न त । हल्ला भैराछ खुबै बडिगार्ड राख्यो भनेर । कलाकारको सुरक्षा रे । दर्शकले गर्दा फिल्म खिच्न पनि नपाइएको रे भनेर यस्तै यस्तै ।

तर, दर्शक नै नआएको ठाउँमा बडिगार्डको नाटक किन होला । फिल्म बनाउनतिर मेहेनत गरौ न हो । किन यस्तो निकाल्ने हो उपाय पनि ।

निर्माताले संचारमाध्यममा सार्वजनिक गरेको फोटोमा पनि कलाकार र वडिगार्ड मात्र छन् । दर्शकको भीडभाड नै नभई किन चाहियो यस्तो । दर्शकले कलाकार देखेर फोटो खिचाउन खोज्नु त माया होला । माया गर्न दिए हुने भैहाल्यो ।
रमेश एम के पौडेलले निर्देशन गरिरहेको फिल्मको पहिला नाम परिवर्तन भयो । फेरि के के । अब बडिगार्डको फन्डा । फिल्म यसरी नै चलाउने हो क्या ।